Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णयः राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कार्यभार सम्हालेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गएर कार्यभार सम्हालेका हुन् । 

मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति २०२४–२०३० स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन् । उनले पहिलो पटक मन्त्री भएको भन्दै सबै सँग सल्लाह गरेर काम गर्ने बताए । क्यान्सरका बिरामी बढेका छन् यसको नियन्त्रण गर्ने काममा लाग्ने बताए । 

उनले भने, ‘स्वास्थ्य बिमा र स्वास्थ्य पूर्वाधारहरूको विकास गर्नेछु । एक महिनाभित्र सरकारी अस्पतालमा ठूलो संख्यामा लाइन बस्नु नपर्ने खालको काम गर्नेछु ।’ उनले पारदर्शिता र जबाफदेहितामा जोड दिने बताए ।