Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

स्काउटको १२ रोपनी जग्गा हडपेको आरोप लागेका खड्का बने ऊर्जामन्त्री

नेपाल स्काउटको १२ रोपनी जग्गा वर्षौंदेखि कब्जा गरेर आफ्नो निजी व्यवसाय गरेको आरोप लागेका दीपक खड्का मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खड्का ऊर्जामन्त्री बनेका हुन् ।

संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद् खड्का कांग्रेस सभापति शेरबहादुर देउवा समूहबाट मन्त्री बनेका हुन् । स्काउटको तीन रोपनी जग्गा भाडामा लिएकोमा खड्काले थप ९ रोपनी जग्गा हडपेका थिए । १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई दिएर भाडा असुलिरहेका खड्कालाई उक्त जग्गा नेपाल स्काउटलाई फिर्ता गर्न पाटन उच्च अदालतले आदेश दिएपनि अझै कार्यान्वयन भएको छैन ।

खड्का जलविद्युत् आयोजनाका प्रवर्द्धक पनि हुन् । १२० मेगावाट क्षमताको निर्माणाधीन परियोजना लाङटाङ-भोटेकोसी जलविद्युत् परियोजना र ४.७२ मेगावाटको मेन्छियाम जलविद्युत् आयोजनाका खड्का प्रवर्द्धक हुन् ।