Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

नयाँ सरकार विस्तार:

ओलीले पहिलो दिनमै बनाए २२ सदस्यीय मन्त्रिपरिषद, दलित समुदायबाट एक पनि अटाएनन् (सूचीसहित)

नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिन नै ठूलो संख्यामा मन्त्रिपरिषद विस्तार गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गरेसँगै ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

उनले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री ओलीले गरेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले मन्त्रीहरू नियुक्त गरेका हुन् । उनीहरूको शपथ अहिले जारी छ । 

केपी शर्मा ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्‌मा दलित समुदायबाट एक जना पनि मन्त्री नियुक्त भएका छैनन् । सोमबार विस्तार भएको मन्त्रिपरिषद्‌मा जनजाति, आर्य, मधेसी लगायत समुदायबाट प्रतिनिधित्व हुँदा १३ प्रतिशत रहेको दलित समुदायको उपस्थितिविहीन भएका छन् ।


यी हुन् प्रधानमन्त्रीसहितका मन्त्री

केपी शर्मा ओली, प्रधानमन्त्री
प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास मन्त्रालय

विष्णु पौडेल उपप्रधान तथा अर्थ
पृथ्वीसुब्बा गुरुङ, सूचना प्रविधि तथा सञ्चार मन्त्रालय
रमेश लेखक, गृह
शरदसिंह भण्डारी, श्रम रोेजगार मन्त्रालय
आरजु राणा, परराष्ट्र मन्त्रालय
प्रदीप यादव, खानेपानी मन्त्रालय
बलराम अधिकारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
दामोदर भण्डारी, उद्योग वाणिज्य
नवलकिशोर साह सुडी, महिला बालबाबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
देबेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
तेजुलाल चौधरी, युवा तथा खेलकुद
प्रदीप पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय
बद्री पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय
रामनाथ अधिकारी, कृषि मन्त्रालय
विद्या भट्टराई, शिक्षा मन्त्रालय
मानवीर राई, रक्षा मन्त्रालय
दीपक खड्का, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय
राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
एनेबहादुर शाही, वन तथा वातावरण मन्त्रालय