नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्रीमा नियुक्त भएकोमा ओलीलाई बधाई दिएका हुन् ।
मोदीले बधाई सन्देशमा भनेका छन्, ‘नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा बधाई छ । हाम्रा दुई देशबीचको मित्रताको गहिरो बन्धनलाई अझ सुमधुर बनाउन र हाम्रा जनताको प्रगति र समृद्धिका लागि पारस्परिक लाभकारी सहयोगलाई थप विस्तार गर्न नजिकबाट काम गर्न तत्पर छौं ।’
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसको समर्थनमा ओलीले शुक्रबार प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए । ०७९ मंसिरमा आमनिर्वाचनपछिको डेढ वर्षमा चौथोपटक सत्तासमीकरण फेरिँदा प्रमुख प्रतिस्पर्धी दल कांग्रेसको समर्थन र अगुवाइमा ओली प्रधानमन्त्री बनेका छन् । ओलीलाई कांग्रेसका ८८ र एमालेका ७८ सांसदको समर्थन छ ।
Congratulations @kpsharmaoli on your appointment as the Prime Minister of Nepal. Look forward to working closely to further strengthen the deep bonds of friendship between our two countries and to further expand our mutually beneficial cooperation for the progress and prosperity…
— Narendra Modi (@narendramodi) July 15, 2024