Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ (फोटोफिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

WhatsApp Image 2024-07-15 at 12.24.22_91443867.jpg

राष्ट्रपति पौडेलले आइतबार अपराह्न ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन्। संविधानको धारा ७६ (२) मा ‘उपधारा १ बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान  छ ।

WhatsApp Image 2024-07-15 at 12.24.30_51157aef.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट शुक्रबार पदमुक्त भएपछि एमाले र कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बनेका हुन् । योसँगै ओली चौथो पटक नेपालको प्रधानमन्त्रीमा बनेका हुन् । 

WhatsApp Image 2024-07-15 at 12.24.31_43b98a76.jpg

ओली यसअघि पहिलो पटक २०७२ साल असोज २४ गते प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी २०७८ साल वैशाख ३० गते तेस्रो पटक प्रधानमन्त्री बनेका थिए ।

WhatsApp Image 2024-07-15 at 12.24.29_f927edd2.jpg 

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा,झलनाथ खनाल,बाबुराम भट्टराई, मन्त्रिपरिषदका अध्यक्ष खिलराज  रेग्मी, सांसदहरू, संवैधानिक आयोगका अधिकारी, कुटनीतिक नियोगका प्रतिनिधिहरू सुरक्षा निकायका प्रमुखहरूलगायत उपस्थित थिए । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेसँगै मन्त्रिमण्डल विस्तार गरेका छन् ।

WhatsApp Image 2024-07-15 at 12.24.24_46f82440.jpg

मन्त्री बनेकाहरुको सूची

१– प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
२– विष्णु पौडेल –  उपप्रधान तथा अर्थ
३– पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
४– रमेश लेखक – गृह
५– प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
६– आरजु राणा – परराष्ट्र
७– बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
८– बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण 
९– दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
१०– नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
११– देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१२– विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१३– अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१४– तेजुलाल चौधरी – युवा तथा खेलकुद
१५– मानवीर राई – रक्षा
१६– दीपक खड्का – ऊर्जा
१७– राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
१८– ऐनबहादुर शाही – वन तथा वातावरण
१९– शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा
२०– प्रदीप यादव – खानेपानी
२१– रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी