कालिकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
राष्कोट नगरपालिका–५ अन्तर्गत आरसिपी बजारको सडकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । चालकसहित अन्य दुई जना गम्भीर घाइते भई उपचारका लागि बाटोमा लैजाँदै गर्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा रास्कोट नगरपालिका–२ का नम सार्कीको शरीरको भित्री भागमा चोट लागेको छ भने वडा नम्बर ५ कै प्रकाश तिरुवाको टाउकोमा चोट लागेको छ। उनीहरूको उपचार भइरहेको छ ।