Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

एमालेका देवेन्द्र दाहाल भौतिक पूर्वाधारमन्त्री बन्दै

नेकपा एमालेले राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने भएको छ ।

 प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर नाम टुंगो लगाएका हुन् । 

राष्ट्रियसभा सदस्य दाहाल भौतिक पूर्वाधार मन्त्री बन्नेछन् । दाहालले पनि मन्त्री बन्न लागेको पुष्टि गरेका छन् ।