Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

नेपालको प्रधानमन्त्रीमा केपी ओली नियुक्त, शपथ भोलि बिहान ११ बजे

एमाले अध्यक्ष केपी ओली चौथो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

प्रतिनिधिसभाको दुईवटा प्रमुख दल कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६(२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ। राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ ग्रहण समारोह भोलि बिहान ११ बजेका लागि आयोजना गरेको छ।  

oli 4th.jpg