Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

स्वर्णिम वाग्लेकोबाट कुट्ने धम्की आयो, डीएसपीसँग सुरक्षा मागेको छु: मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीबाट बर्खास्तमा परेका डा. मुकुल ढकालले पार्टी उपसभापति स्वर्णिम वाग्लेले आफूलाई कुट्ने धम्की आएको दाबी गरेका छन् । 

सामाजिक संजाल फेसबुक मार्फत स्टाटस लेख्दै उनले आफूलाई स्वर्णिमको सचिवालयबाट फोन गरेर तर, नउठाएपछि आफूसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु’ भनेकाले राति नै डीएसपीलाई फोन गरेर सुरक्षा मागेको बताएका छन् ।

उनले लेखेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक-पटक फोन गरे , फोन उठाइनँ । मसँगै बस्ने भाइलाई फोन गरेर “मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन”‘ लगायत अनेक भनेकाले , हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’