Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

कास्कीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार पोखरा महानगरपालिका–३१ किमबेसीका २५ वर्षीय विष्णु थापा मगरको मृत्यु भएको हो ।

शुक्रबार अपराह्न करिब साढे पाँच बजेको समयमा पोखरा महानगरपालिका–३० स्थित खुदीखोलामा ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेपछि उनी घाइते भएका थिए । लगत्तै उपचारका लागि सरुवा तथा संक्रमण अस्पताल शिसुवा लगिएको थियो । केही बेरमा नै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।