Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

प्रचण्ड ‘कामचलाउ’ प्रधानमन्त्री, अर्को नबनेसम्म यही सरकारले काम गर्ने शीतलनिवासको सूचना

राष्ट्रपतिद्वारा सरकार गठनका लागि कानुनविद्सँग परामर्श

राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार नबनेसम्म अहिलेकै सरकारलाई काम गर्ने अधिकार दिएका छन् । राष्ट्रपति कार्यालयले आज शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएको व्यहोरा जानकारी भएको बताएको छ । 

राष्ट्रपति कार्यालयले संविधानको धारा ७७ (३) अनुसार अर्को सरकार गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 ‘नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपतिद्वारा सरकार गठनका लागि कानुनविद्सँग परामर्श
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कानुनविद्हरूसँग परामर्श गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भए लगत्तै उनले नयाँ सरकार गठनका लागि कानुनविद्सँग परामर्श थालेका हुन् । 

नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा राष्ट्रपति पौडेलले संविधान तथा कानुनविद्सँग परामर्श गरेका हुन् । राष्ट्रपति पौडेलले कानुनविद् पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसीसँग छलफल गरेको उनको निजी सचिवालयले जनाएको छ ।

हेर्नुस् सूचना

pp.jpg