Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

दक्षिणकालीको आनी गुम्बाको पर्खाल भत्किँदा एक बालिकाको मृत्यु, पाँच जना घाइते

काठमाडौंको दक्षिणकाली नगरपालिका–५ डोल्लुस्थित कर्मास्यामदेलिङ नुनुरी आनी गुम्बाको कम्पाउण्ड पर्खाल भत्किँदा पुरिएकी एक बालिकाको ज्यान गएको छ ।

घटनामा पाँच जना घाइते भएका छन् । सिन्धुपाल्चोकी पाँच वर्षीया पल्जोम तामाङको मनमोहन स्मृति अस्पताल फर्पिङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका काभ्रेपलान्चोकका पासाङ डोल्मा तामाङ (वर्ष १२) र स्याङबो शर्पा (वर्ष ११), मकवानुरको हेटौँडाकी सुनिता तामाङ (१०), सिन्धुपाल्चोककी ममता तामाङ (८) र मन कुमारी तामाङ (वर्ष ८) को बयोद्या अस्पताल बल्खुमा उपचार भइरहेको छ ।

पर्खाल ढलेर गुम्बामा बस्दै पढ्दै गरेका आनीहरू पुरिएका थिए । दुर्घटनाो खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई गई आनीहरूको उद्धार गरि बयोद्या अस्पताल बल्खु र स्थानीय अस्पताल फर्पिङमा उपचारका लागि पठाएको जनाएको छ ।