सरकारले वर्षाको समयमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने तयारी गरेको छ ।
गृह मन्त्रालयले बाढी, पहिरो लगायतको जोखिम बढेकाले जोखिमयुक्त क्षेत्रमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउन प्रस्ताव गरेको हो । गृह मन्त्रालयले रात्रिकालीन बस सञ्चालनमा रोक लगाउन प्रस्ताव गरेको र यस विषयमा सरोकारवालासँग छलफल गर्न लागेको हो ।
यसका लागि यातायात व्यवसायीसहितका सरोकारवालाको सहभागीतामा गृहमन्त्रालयमा छलफल हुँदैछ ।