आज सुन हालसम्मकै उच्च मूल्यमा पुगेको छ । सुन आज १८ सय रुपैयाँले बढेर हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको । यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । यससँगै बिहीबार तोलामा १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।