सर्लाहीबाट काठमाडौं आउँदै गरेको विंगर हाइस दुर्घटना भएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ सुनकोशी–मरिन डाइभर्सन इलाकामा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको विंगर हाइस अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मि. तल खसेर दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।
उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन सुरक्षा बेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ४ जना गोताखोरसहित ७ जना र नेपाल प्रहरीको संयुक्त टोली खटिई उद्धार गरी उपचारको लागि शुभ जिवन अस्पताल खुर्कोट पठाएको छ ।