Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदै (भिडियो)

प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिँदै छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँग सहमति भइसकेपछि पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ढाँटेको गुनासो गरेका छन् ।

नेपाली कांग्रेस र एमालेबीच असार १७ गते राति सत्तासाझेदारीको सहमति भएको थियो । समझदारी भइसकेपछि भोलिपल्ट बिहान आफूलाई भेट्न आएका ओलीले आफूलाई ढाँटेको उनको भनाइ थियो । शुक्रबार प्रतिनिधिसभा बैठकमा पाँचौँपटक विश्वासको मत माग्ने क्रममा उनले ओलीले ढाँटछल गरिरहेको बताए ।

उनले भने, ‘असार १७ गते राति सहमति भइसकेपछि १८ गते बिहान आएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भएकै छैन भन्नुहुन्छ । म फोटो देखाउँछु, तपाईं र शेरबहादुरजीले हस्ताक्षर गरेको फोटो आयो भन्दा पनि उहाँले कहिलेको फोटो रहेछ भन्नुहुन्छ ।’ 

हेर्नुहोस् लाइभ भिडियो: