Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

फेरि ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज विहीबार सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आज ८ सय रूपैयाँले बढेर १ लाख ४४ हजार ९ सय रूपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले बढेर १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।