Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

जनमत पार्टीका केन्द्रीय सचिव बिपी साहसहित सात नेता–कार्यकर्ता निलम्बित

जनमत पार्टीले राष्ट्रिय सचिव विश्वेश्वरप्रसाद साह (बिपी) सहित सात जना नेता–कार्यकर्तालाई तीन महिना निलम्बन गरेको छ । निलम्बन हुनेमा केन्द्रीय सदस्य रामेश्वर यादव, मर्चैया नगरपालिका कमिटीका सचिव कृष्णचन्द्र साह लगायत छन् ।

गत असार २० गते बिहीबार बसेको जनमत पार्टी केन्द्रीय अनुशासन समितिको बैठकले आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उनीहरूलाई कारबाही गरेको हो ।

 ‘जनमत पार्टीको नीति निर्देशन र पार्टीको विधान विपरीत ढंगले अनुशासनहीनता प्रदर्शन गरिएकाले पार्टीको कुनै पनि कामकाजमा सहभागी नहुने गरी आजकै मितिबाट ३ महिनाको लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ,’ राष्ट्रिय सचिव अनिताकुमारी मण्डलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

jana-516x768.jpg