Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कोरियन भाषा परीक्षा आगामी असोज ८ देखि ११ गतेसम्म (सूचनासहित)

ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको मिति निर्धारण गरेको छ । आज मंगलबार सूचना जारी गर्दै शाखाले सन् २०२४ को कोरियन भाषा परीक्षाको मिति निर्धारण गरेको हो ।

परीक्षा आगामी असोज ८ देखि ११ गतेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ । परीक्षाका लागि साउन ७ देखि ११ गतेसम्म फाराम वितरण तथा दर्ता गरिने छ भने भदौ २८ गते परीक्षा तालिका सार्वजनिक गरिने छ ।

 यस्तै परीक्षाको नतिजा प्रकाशन असोज २१ गते हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।