रामेछापको मन्थलीबाट मन्थली नगरपालिका–७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ३९२९ नम्बरको जीप दुर्घटना भएको छ ।
मंगलबार भएको दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ । उक्त दुर्घटनामा नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा ६२ वर्षीया माया विक रहेकी छिन् ।
घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।