Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

पहिरोमा परी त्रियुगामा एकको मत्यु, दुई जना घाइते

गए रातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन् । 

गम्भीर भएका उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तोरीबारीमा पहिरोले चार घर पुरेको छ भने अन्य पाँच घर उच्च जोखिममा छन् ।