Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

बर्खास्तीविरुद्ध मुकुल ढकालले ३५ दिनभित्र पुनरावेदन गर्न पाउने

राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाइएका मुकुल ढकालले ३५ दिनभित्र कारबाहीविरुद्ध पुनरावेदन दिन पाउने भएका छन् । रास्वपा केन्द्रीय समिति बैठकले उनलाई पुनरावेदन गर्न सक्ने भन्दै ३५ दिनको समय दिएको छ ।

३५ दिनभित्र रास्वपाले नयाँ महामन्त्री चयन गर्ने छैन । हाल सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले नै कार्यवाहक महामन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् । कार्यवाहक प्रवक्ताको जिम्मेवारी सांसदसमेत रहेका सहमहामन्त्री मनिष झाले पाएका छन् ।

वनस्थलीस्थित पार्टी मुख्यालयमा केन्द्रीय समिति बैठकपछि प्रवक्ता झाले केन्द्रीय समितिले गरेको कारबाही चित्त नबुझेको भए पार्टी विधानको धारा ५६ बमोजिम ढकाललाई ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिन सक्ने गरी निर्णय भएको जानकारी दिए ।