Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

मस्कोमा मोदी, पुटिन आफैंले इलेक्ट्रिक भ्यान चलाएर घुमाए राष्ट्रपति निवास

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट भएको छ। सोमबार मस्को पुगेका मोदी र पुटिनबीच नोवो ओगारियोवास्थित राष्ट्रपति निवासमा भेट भएको हो।
पुटिनलाई भेट्नुअघि मोदी होटल पुगेका थिए।

त्यसक्रममा सडकमा भेला भएका भारतीयहरुले मोदीको स्वागत गरेका थिए। होटलमा पनि मोदी पुग्दा त्यहाँ रहेका भारतीयले ‘मोदी मोदी’ भन्दै नारा लगाएका थिए।राष्ट्रपति निवासमा भएको अनौपचारिक भेटका क्रममा पुटिनले आफैं इलेक्ट्रिक भ्यान चलाएर मोदीलाई भ्रमण गराएका थिए।

AP24190633746603.jpg

मोदी र पुटिनबीच हुने द्विपक्षीय वार्तामा भारत र रसियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल हुनेछ। साथै वर्तमान अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाबारे पनि छलफल हुनेछ।

AP24190696140051.jpg

युक्रेन र रसियाबीच युद्ध जारी रहँदा मोदी रसिया पुगेका हुन्। रसियाविरुद्ध अमेरिकासहित पश्चिमा देशले प्रतिबन्ध लगाएको छ। तर, भारतले भने युक्रेन युद्धमा रसियालाई सिधै जवाफदेही बनाएको छैन। भारतले रसियासँग इन्धन खरिद गरिरहेको छ भने पछिल्लो समय अन्य व्यापारलाई पनि महत्व दिइरहेको छ।

AP24190699479033.jpg

यस्तो अवस्थामा मोदी र पुटिनबीचको भेटलाई महत्वका साथ हेरिएको छ।मस्कोपछि मोदी अस्ट्रिया जानेछन्।  

AP24190652641262.jpg