Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

संसद बैठकमा गृहमन्त्री रवि लामिछानेको खोजी

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेको खोजी गरेकी छिन्।

मङ्गलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले देशभर बाढी, पहिरो र डुबानमा परेर जनताहरू त्रासमा रहेको बेलामा गृहमन्त्री रवि लामिछाने संसदको बैठकमा समेत नआएको भन्दै गृहमन्त्रीको खोजी गरेकी हुन। 

उनले देशभर विपद्को अवस्था कस्तो छ सो को बारेमा संसद बैठकमा जानकारी गराउन माग गरिन । उनले गृहमन्त्री आफ्नै फाइल खुल्ने हो कि भनेर संशकित भएको बताइन ।

उनले यति बेला फाइलको कुरा गर्ने बेला नभएको भन्दै जनतालाई सङ्कटबाट मुक्त गर्न सोच्नुपर्ने बताइन ।