Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

कारबाहीबारे मुकुलको प्रतिक्रियाः रविको क्लबबाट निष्काशित भएँ, घण्टी बज्न रोकिंदैन

राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट बर्खास्त भएका डा। मुकुल ढकालले ‘रवि लामिछाने क्लव’ बाट निष्काशित भएको प्रतिक्रिया दिएका छन् । पार्टी निर्णय सार्वजनिक भए लगत्तै उनले सामाजिक सञ्जालबाट प्रतिक्रिया व्यक्त गरेका हुन् ।

ढकालले लेखेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि ।।।।’

ढकालले भोलि आफ्नो धारणा विस्तृत रूपमा सार्वजनिक गर्ने बताएका छन् । रास्वपा केन्द्रीय समितिको मंगलबार बसेको बैठकबाट उनलाई पार्टीको महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ । उनलाई साधारण सदस्य भने राखिएको कार्यवहाक प्रवक्ता मनीष झाले जानकारी दिए ।