Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सामान्य अंकले घट्यो शेयर बजार, कति अर्बको भयो कारोबार?

शेयर बजारमा आज सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४.६२ अकंले घटेर २१३६.३५ बिन्दुमा बन्द भएको छ । आज ९५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३२४ कम्पनीको १ करोड ४ लाख ७५ हजार १८१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज एनआरएनको २८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १५ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज एनआइसी एशिया बैंक डिबेञ्चरका इकाईधनीले ६ दशलमव ०१ प्रतिशतका दरले कमाएका छन् । दोर्दी जलविद्युतका इकाईधनीले ५ दशलमव ०३ प्रतिशत र एनआइसी एशिया फ्लेक्सी क्याप फण्डका इकाईधनीले ४ दशलमव ७५ प्रतिशतका दरले कमाएका छन् ।

मैलुङ खोला जलविद्युतका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् । आज, तीन उपसूचकमा हरियाली हुँदा १० उपसूचकमा राताम्य भएको हो । आज फाइनान्स समूहको ०.२६ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.९२ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.४६ प्रतिशतले शेयर मूल्य बढेको हो ।