Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

हालसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयोः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हालसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गरेका छन् । आज सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन् ।

सांसद सुवालले नयाँ सत्तासमिकरण व्यापारीको घरमा बसेर भएकालेमा आपत्ति समेत जनाए । उनले मध्य रातमा एमाले–कांग्रेसबीच सत्ता समिकरण हुने कुराले कालाबजारीहरुलाई प्रश्रय दिएको आरोप समेत लगाए । सांसद सुवालले समान विचार राख्नेहरुले सहकार्य गरेर अघि बढेमात्रै स्वभाविक हुने बताए ।

उनले भने, ‘अहिलेसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो भयो । नयाँ सत्ता समिकरण बनाउन कति बजे, कहाँ, कसको घरमा बैठक भएको हो? सार्वजनिक हुन आवश्यक छ । यो बैठक कुनै कालाबजारी वा विदेशी दलालको घरमा पक्कै नभएको होला ।’सांसद सुवालले युवा स्वरोजगार कार्यक्रममा बेथिति बढेको भन्दै आक्रोश व्यक्त गरे ।