नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ । सोमबार उच्च मूल्यबाट सुनको भाउ ४ सय रुपैयाँ घटेको हो ।
अघिल्लो दिन सुनको मूल्यले हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँको रेकर्ड बनाएको थियो । सोमबार भने प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य भने तोलामा स्थिर रहको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको छ ।