Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

ज्योति विकास बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा प्रकाश बराल

ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ।

बैंकले मिति २०८१ साउन १ गते बाट लागु हुने गरि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको हो।

बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्ष भन्दा बढीको अनुभव बोकेका नवनियुक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बराल विगत १६ महिना देखि यस बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत  छन् ।

चार्टर्ड एकाउन्टेन्ट बरालसंग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एन आई सी एशिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहको सफल कार्यानुभव रहेको छ। उनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्थामा पूर्व सञ्चालक रहनुका साथै हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि रहेका छन् ।

यसका साथै, बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव र विशेषज्ञता भएका नव नियुक्त सहायक महाप्रबन्धक थापाले नेपाल बैंक लिमिटेडबाट बैंकिङ यात्रा सुरुवात गरि विभिन्न वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरूमा व्यवस्थापकीय पदमा विविध बैंकिङ कार्यहरूमा बहुआयामिक अनुभव हासिल गरेका छन् ।

विगत ७ वर्षदेखि यस विकास बैंकमा आवद्ध थापाले हाल प्रमुख सञ्चालन अधिकृत, प्रमुख बजारिकरण अधिकृत, मानव संसाधन विभाग प्रमुख तथा कम्पनी सचिवको कार्यभार सम्हालिरहेका छन् ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

सोही मान्यता अनुरूप, यस विकास बैंकले नवजात शिशुको अकालमा मृत्यु हुन नदिन र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी र सहयोगले हालसम्म करिब ८५० भन्दा बढी नेपाली शिशुहरुको जीवन रक्षा गर्न सफल भएको छ। यस्ता जिवन रक्षण गर्ने असाध्यै महत्वपूर्ण क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै आएको बैंकले जनाएको छ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा ब्त्ः मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।