Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

जीवी राई पक्राउ गरे गृहमन्त्रीलाई संसदमै फूलमाला लगाउँछौंः ज्ञानेन्द्र शाही (भिडियो)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञान बहादुर शाहीले गृहमन्त्री रवि लामिछानेलाई गोरखा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्र बाबु राईलाई पक्राउ गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले राईलाई पक्राउ गरेर ल्याए संसदमै गृहमन्त्रीलाई आफूहरुले फुलमालाले स्वागत गर्ने बताए ।

पुराना राजनीतिक दल र तिनका नेताहरुले देश बर्बाद पारे भन्दै जनमत पाएको भएपनि रास्वपा पनि उही बाटोमा हिंडेको शाहीको आरोप छ ।उनले भने, ‘सभामुख महोदय, जात्रा हेरियो । पूरानाहरुले त गरे गरे, नयाँ साथीहरुलाई देख्दा थप अझै अचम्म लाग्छ मलाई । हामीलाई किन जिताएको जनताले रु ३३ वर्षदेखि पूराना नेताहरुले लुटे भनेर जनमत दिइएको हो । पद र प्रतिष्ठाका लागि हो जस्तो लाग्दैन । गृहमन्त्रीसँग केही माग्नु छैन । जीवी राई पक्राउ गरेर ल्याउनुस, यही संसदमा फुलमालाले स्वागत गर्छौं । निर्वाचित भएको ७२ घण्टाभित्र निर्मला पन्तका हत्यारा पक्राउ गर्छु भनेपछि जनताले मत दिएर जिताएका हुन् ।’ गृहमन्त्री फाइल खोल्छु भन्दै धम्क्याएर हिँडेको भन्दै बाँकी रहेको अवधीमा फाइल खोल्न चेतावनी दिए ।

‘आज सरकारमा गएको एक सय २४ दिन भयो । सत्ता उहाँको हातमा छ । गृहमन्त्री हुनुहुन्छ । खै के भयो रु फाइल खोल्छु भन्दै धम्की दिँदै हिँडनुभएको छ । अझै सात दिन बाँकी छ । फाइल खोल्नुस न । हामी साथ दिन्छौं’, उनको भनाइ छ ।

भिडियो: