मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वकै सरकार अनुमोदित भएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका हुन् ।
सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री सिंह विश्वासको मत पाएको घोषणा गरे । उनले ६७ मत पाएका छन् । विपक्षमा ३४ मत खसेको थियो । प्रदेशसभामा उपस्थित एकसय एक जना सदस्यले मतदान गरेका थिए ।
मुख्यमन्त्री सिंहलाई जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका छन् ।
गत जेठ २५ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा सिंह मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुअघि मन्त्रिपरिषदबाट माओवादी, एकीकृत समाजवादी, संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए ।