नेपाली बजारमा आज साताको अन्तिम दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा एक सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला एक सय रुपैयाँले वृद्धि भएको हो । बिहीबार प्रतितोला एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४४ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।
तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ४३ हजार छ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४३ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक हजार आठ सय ७० रुपैयाँ निर्धारण भएको छ ।