Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

मुकुलको आग्रहः मैले बिहे गर्ने कि कुमार बस्ने, पार्टीले निर्णय गरिदेओस्

रास्वपाका महामन्त्री मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनकै विषयमा केन्द्रीय सदस्यहरुले पनि टिप्पणी गरेको भन्दै लिखित प्रस्ताव पेस गरेका छन् ।उनले सभापतिलाई लेखेको प्रस्तावमा भनेको छन्, ‘गल्फ्रेन्डको कुरा । मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् । केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि म तयार छु । वा आफ्नो इच्छा गर भन्छ भने नि ठिक छ । तर निर्णय गरिदेओस् ।’

उनले जुन दिन निर्णय गर्न उपयुक्त हुन्छ त्यही दिन गरिदिन पनि सक्ने बताएका छन् । ‘देश निर्माण र देश निर्माणका लागि जीवन नै समर्पण गरेको छु । गल्फ्रेन्डको कुरा गरेर, मलाई त केही पनि छैन, म सहुँला तर ती नारीप्रति सम्मान त गरिदिएको भए हुन्थ्यो । म जान पाइन, एक जना नारी जाने रु मेरो साटो भनेर रडाको मच्चाउँदा पनि सायद मुकुल ढकालसँग जोडिएको विषय हो, कहाँबाट आउँछ मानवअधिकारका कुरा, महिला अधिकारका कुरा ।’

उनले विवाह बाहेकका पनि सबै बाँकी कुरा पार्टीले नै निर्धारण गरिदिन भनेका छन् । उनको प्रश्न छ, ‘मैले विवाह गरेँ र छोराछोरी जन्मिए भने मैले आफ्नो इच्छाअनुसार गर्ने हो वा पार्टीको नीतिअनुसार ।’

1.png