प्रचण्ड सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । नेपाली काँग्रेससँगको सहकार्यमा पार्टी अध्यक्ष केपी शार्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने भएपछि उनीहरुले राजीनामा दिन लागेका हुन् ।
अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएपछि मन्त्रीहरू तयारी अवस्थामा रहेका छन् । अपरान्हसम्ममा प्रधानमन्त्रीलाई राजाीनमा बुझाइ सक्ने तयारीमा मन्त्रीहरु छन् ।
प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरे आज बेलुकासम्ममा नयाँ सरकार बन्ने सम्भावना रहेको छ भने आज राजीनामा नगरे भोलीसम्ममा नयाँ सरकार बन्ने छ ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरे आज बेलुकासम्ममा नयाँ सरकार बन्ने सम्भावना रहेको बताएका हुन् । प्रचण्ड सरकारमा पार्टीका तर्फबाट रघुवीर महासेठको नेतृत्वमा आठ मन्त्री छन् ।