Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एसईई पूरक परीक्षाको तालिका सार्वजनिक, २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने

राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।

परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयको वेवसाइटबाट डाउनलोड गरी भर्न सकिनेछ । कुनै आकस्मिक बिदा पर्न गएमा पनि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित हुने छैन ।


२०८० सालको नियमित परीक्षाको प्रवेशपत्र नै पुरक परीक्षाको प्रवेशपत्र कायम गरिएकोले सोही प्रवेशपत्रका आधारमा परीक्षामा सहभागी हुनुपर्नेछ ।

2024-07-01-11-53-00-grp-02jul-01-(1)-10_liVWgjBqvh.webp