Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

भ्रष्टाचारका २५ वटा काण्डहरुलाई छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी - गृहमन्त्री रवि लामिछाने

गृहमन्त्री रवि लामिछानेले ठूला भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भईरहेको बताए छन्। सोमबार प्रतिनिधिसभामा मौखिक प्रश्नोत्तर कार्यक्रमका क्रममा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । 

गृहमन्त्री लामिछानेले कुनै पनि कालखण्डमा भएकाहरुमध्ये भ्रष्टाचारका २५ वटा काण्डहरुलाई छानबिन गर्नकोलागि शक्तिशाली आयोग गठन गर्ने बताए । भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने गरी सरकार अगाडि बढेको गृहमन्त्री लामिछानेको भनाई छ ।

गृहमन्त्री लामिछानेले भने,‘कोही पनि बेचैन हुनु पर्दैन । भ्रष्टाचारका कोही पनि मानिसहरु संलग्न छन भने त्यसमा निर्मम भएर कारबाही गरिन्छ । त्यो आँट त्यो साहसका साथ हामी प्रस्तुत भएका छौं।’ गृहमन्त्री लामिछानेले भ्रष्टाचारका घटनासमेत राजनीतिक दाउपेचको शिकार हुने वर्तमान प्रवृत्ति सच्याउन आवश्यक भएको बताए।

उनले भ्रष्टाचार नियन्त्रणको काम आफूले निरन्तर गरिरहेको बताए । गृहमन्त्री लामिछानेले भ्रष्टाचारमा संलग्नहरुमाथि कारबाही गर्न निर्मम भएर लाग्ने बताए ।