Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल, के के भयो छलफल?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ। उनीहरूबीच बिहान लामो कुराकानी भएको हो।

प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओलीबीच भेटको शृंखला चलिरहेको छ। उनीहरूबीच आइतबाट पनि भेटवार्ता भएको थियो।

आइतबारको भेटमा राजदूत नियुक्ति, सरकारको कामलाई कसरी प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो।

आजको भेट पनि हिजोकै छलफलको निरन्तरता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।