Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सर्वसम्मत नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चयन हुन्छः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व निर्माण हुने बताएका छन् । आज शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठिक दिशातिर अघि बढाउने विश्वास व्यक्त गरे ।

‘हामीले आउने महाधिवेशनबाट निर्माण गरेको नेतृत्व सर्वसम्मत हुनेगरी निर्माण गरौं । त्यो सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठिक दिशातिर अघि बढाउँछ,’ उनले भने, ‘हामी नेताहरुको बीचमा कहीँ पनि त्यस्तो ठूलो समस्या छैन । हामी कहिले कहीँ बहस गर्दछौँ ।’ उनले नेताहरुको बीचमा कहीं पनि ठूलो समस्या नरहेको बताएका छन् । उनले कम्युनिष्ट पार्टीका नेताहरुको बीचमा बहस हुनु ठूलो कुरा नभएको पनि बताए । उनले सहमति हुनै नसके लोकतान्त्रिक पद्धतिबाट नेतृत्व निर्माण हुने बताए ।

‘कम्युनिष्ट पार्टीका नेताहरुको बीचमा बहस हुनु भनेको कुनै ठूलो कुरा होइन । हामीले यो महाधिवेशन भित्रबाट पनि मन्थन गरेर व्यापक दस्ताबेजहरुको संश्लेषण गरेर आफ्नो निष्कर्ष निकाल्छौँ,’ उनले भने, ‘अब केही गर्दा भएन, हाम्रो बीचमा केही गर्दा पनि मिलेन, मिल्दै नमिलेपछि हामीले लोकतन्त्रको बाटो लिनुपर्छ कि पर्दैन रु लोकतन्त्रातिक विधिबाट हामी नेतृत्व निर्माण गर्नेछौं ।’ सम्मानित नेता खनालले विचार र व्यवस्थापनको सन्तुलन मिलाएर पार्टी अघि बढ्ने बताए । उनले नेकपा ९एकीकृत समाजवादी० को नीति नेकपा ९एकीकृत समाजवादी० कै नेतृत्वमा निर्माण हुने बताए ।