Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

रास्वपा प्युठानका संयोजक सुवेदीले किन दिए राजीनामा?

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्युठान संयोजक सुमन सुवेदीले पार्टी परित्यागको घोषणा गरेका छन् । आसन र भाषणमा रमाउन नसकेको भन्दै उनले रास्वपा परित्यागको घोषणा गरेका हुन् ।

‘आजको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु,’ सुवेदीले फेसबुकमा लेखेका छन्, ‘समाज, मेरो बुझाइ र मेरो स्वभाव कहीं कतै केही समस्या अवश्यै छ, त्यसैले मलाई म पार्टीगत राजनीतिका लागि योग्य होइन भन्ने लाग्यो । अझ सानो मान्छेलाई ठूलो पद झन बेस्सरी भारी भयो । आसन र भाषणमा मात्रै रमाउन मनले मानेन ।’

यस दौरान केही आशा गरेर गुनासो गर्नेहरु थुप्रै भेटिएको तर आफूले कसैको पनि गुनासो सुन्ने बाहेक केही गर्न नसकेको सुवेदीले बताएका छन् । ‘यो नै मेरो सबैभन्दा ठूलो कमजोरी रह्यो,’ उनले लेखेका छन्, ‘यो कमजोरी बोकेर म पार्टीको नेता बन्न चाहिनँ ।’