Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको पहिलो दिन ह्वात्तै घट्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोवार?

नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा भारी गिरावट आएको छ । गएको शुक्रबारको तुलनामा सुनको मूल्य यो साताको पहिलो दिन आइतबार प्रतितोला दुई हजार सातसय रूपैयाँले घटेको हो ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ३ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदीको मूल्य पनि आइतबार प्रतितोला ५० रूपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।