Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

भारतमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ।

तमिलनाडुको राजधानी चेन्नाईबाट २४४ किलोमिटर दक्षिणपश्चिममा रहेको कल्लाकुरिची शहरबाट मृत्यु हुनेको रिपोर्ट आएको छ। मंगलबार साँझ फोहोर मदिरा सेवनबाट बिरामी भएर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ।

भारतको सरकारी प्रसारक अल इण्डिया रेडियोले मदिरा प्रकरणमा पक्राउ परेका चारै जनालाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाइएको जनाएको छ।