नेपाली बजारमा आज साताको अन्तिम दिन सुनको मूल्य ह्वात्तै बढेको छ । आज शुक्रबार सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार आज शुक्रबार सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले बढ्दै छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेर प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।