Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

वेस्टमिन्स्टर कलेजमा पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुको भ्रमण

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द वेस्टमिन्स्टर कलेजमा पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुले भ्रमण गरेका छन् । बेलायतस्थित युनिभर्सिटी अफ वेस्टमिन्स्टरको सम्वन्धनमा ललितपुरको कुपण्डोलमा सञ्चालित वेस्टमिन्स्टर कलेजमा गत साता प्रतिनिधिहरुले भ्रमण गरेका हुन् ।

वार्षिक रुपमा हुने कलेजको गुणस्तर परीक्षणको प्रकृया अन्तर्गत प्रतिनिधिहरूले कलेजको शैक्षिक स्तरको समीक्षा गर्न सबै विभागका प्रमुख तथा विद्यार्थीहरुसँग छुट्टाछुट्टै छलफल तथा अन्तक्रिया गरि शैक्षिक शत्र सञ्चालन सफलतापूर्वक सम्पन्न भएकोमा प्रशंसा गरे ।

विभिन्न चरणका छलफलहरूमा विद्यार्थी आदानप्रदान कार्यक्रमहरू, भविष्यका योजनाहरू, बेलायत र नेपालका विद्यार्थीहरुबीच सम्वन्ध विस्तार, पाठ्यक्रमको प्रस्तुतिकरण, र मूल्यांकनहरु सहितका विषयहरू उठेको थियो । प्रतिनिधिहरुले विभाग प्रमुख तथा विद्यार्थीहरुबाट प्राप्त प्रतिक्रियाहरु पनि संकलन गरेको छ । वेस्टमिन्स्टर कलेजले वेस्टमिन्स्टर युनिभर्सिटीले निर्धारण गरेको शैक्षिक मापदण्ड तथा नियमहरू पालना गर्दै आएको छ । यसै सन्दर्भमा, प्रतिनिधिहरुले ‘प्रोग्रेशन एण्ड अवार्ड बोर्ड’ पनि सम्पन्न गरेको छ ।

वेस्टमिन्स्टर युनिभर्सिटीका प्रतिनिधिहरूलाई कलेजमा फेरि स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै कलेज प्रमुख अरुणलाल जोशीले भने, ‘वेस्टमिन्स्टर युनिभर्सिटीले हामीलाई गरेको निरन्तर सहयोग र उपलब्ध गराएको अमूल्य स्रोतहरूको लागि हामी हृदयदेखि नै आभारी छौं । साथै, आगामी वर्षहरुमा यो साझेदारीलाई अझ बलियो बनाउन र पारस्परिक वृद्धिलाई बढावा दिन हामी तत्पर छौं ।’

वेस्टमिन्स्टर कलेजले न्यूनतम शुल्कमा चार वर्षे बीएससी (अनर्स) कम्प्युटर साइन्स र बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड फरेन्सिक्स विषयको पढाई सञ्चालन गर्दै आइरहेको छ ।