Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार?

आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको हो । आइतबार तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन आज तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो दिन तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।