कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
चुरे गाउँपालिका-१ बस्ने अन्दाजी ३३ वर्षीय रोजबहादुर बमको करेन्ट लागेर मृत्यु भएको हो । सोही ठाउँको जिगडा टोलमा बिजुलीको पोलमा विद्युत बिग्रिएपछि बनाउने क्रममा आइतबार करेन्ट लागेर बम गम्भिर घाइते भएका थिए।
उहाँको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।