Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

आज बकर इद, देशभर सार्वजनिक बिदा

मुस्लिम धर्मावलम्बीले आज सोमबार आफ्नो दोस्रो महान् पर्व बकर इद (उल अजाहा) पर्व मनाउँदै छन् । बकर इद पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने परम्परा छ । आज मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

बकर इदको अवसरमा आज दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्छ ।

bida.png