Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

मिडिया काउन्सिल स्वायत्त हुनुपर्नेमा जोड

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आइतबार मिडिया काउन्सिल विधेयकका सम्बन्धमा प्रेस काउन्सिलका पदाधिकारीहरुसँग छलफल गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा प्रेस काउन्सिलका पदाधकिारीहरुले मिडिया काउन्सिल स्वायत्त हुनुपर्ने धारणा राखेका थिए ।

समितिमा बोल्दै मिडिया काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सरकारले विधेयकको नाम मात्र परिवर्तन गरेर ल्याएको भन्दै स्वायत्तता आवश्यक रहेको बताए ।त्यस्तै, प्रेस काउन्सिलका सदस्य ठाकुर बेलवासेले सामाजिक सञ्जाललाई समेत मिडियाका रुपमा स्वीकार गर्दा दण्डहीनता बढ्ने बताउँदै विधेयक शंसोधन आवश्यक रहेको बताए ।

बैठकमा समितिका सांसदहरुले संविधानले दिएको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध कुनैपनि ऐन कानून बनाउन नहुने,पत्रकारलाई समेत निशिचत शैक्षिक योग्यता तोकी पत्रकारिता अनुमति पत्र लिने व्यवस्था गर्नुपर्ने र मिडिया काउन्सिललाई स्वतन्त्र निकायका रुपमा लैजाने गरी विधेयक संशोधन बताएका थिए ।