Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

निर्माणाधीन अस्पतालको तलाबाट खसेर मजदुरको मृत्यु

पाँचथरको कुम्मायक गाउँपालिकामा निर्माणाधीन १५ शैंयाको अस्पताल भवनको छतबाट खसेर एक मजदुरको ज्यान गएको छ । निर्माणाधीन अस्पतालको दोस्रो तलाबाट खस्दा इलामको माई नगरपालिका १ इलामका ३१ वर्षीय सुमन राईको ज्यान गएको हो । 

दोस्रो तलामा बस्दै आएका श्रमिक राईले मदिरा सेवन गरेका कारण लडेको हुनसक्ने प्रहरीको अनुमान छ । राईका सहकर्मीका अनुसार मदिरा सेवन गरेर सुतेका राई शौच गर्न बाहिर निस्कँदा लडेका थिए । राईको घटनास्थलमै मृत्यु भएको हो । 

घटनास्थलको स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्तबहादुर भण्डारीले जानकारी दिए ।