Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बाँकेमा गर्मीले सडकमा ढलेका सुन व्यवसायीको मृत्यु

बाँकेमा अत्यधिक गर्मीका कारण सडकमा ढलेका एक जना व्यवसायीको मृत्यु भएको छ । केही दिनयता अत्यधिक गर्मी बढेको बाँकेको खजुरा गाउँपालिकास्थित खजुरा बजारमा रहेको मेट्रो ज्वेलर्सका सञ्चालक टोपेन्द्र सुनारको शनिबार मृत्यु भएको हो ।

मोटरसाइकलमा घरबाट पसलतर्फ गइरहेका सुनार मोटरसाइकल चलाउने क्रममा चक्कर लागेपछि रोकेर सडक किनारमा बेहोस भएका थिए । खजुराको धनौलीमा बेहोस भएका सुनारलाई स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

अत्यधिक गर्मी बढेको मध्य दिउँसो मोटरसाइकल लिएर सडकमा निस्केका सुनार गर्मीकै कारण चक्कर लागेर सडक किनारमा बेहोस भएको स्थानीयले बताएका छन् ।