Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको पहिलो दिन ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् प्रतितोला कति पुग्यो?

नेपाली बजारमा आज साताको पहिलो दिन आज आइतबार सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज सुनको भाउ प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तोलाको १ लाख ४१ हजार २ सय रुपैयाँ तोकिएको थियो । जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै, आज सुनको भाउ पनि तोलामा १६ सय रुपैयाँ बढ्दै प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १८०० रुपैयाँ रहेकोमा आइतबार १८२० कायम भएको छ ।